रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको होइन : प्रहरी

रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको होइन : प्रहरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । झापाको कमल गाउँपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको भन्ने समाचारलाई प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तोडफोड भएको स्थान सम्पर्क कार्यालय नभई घरधनी जयराम अधिकारी सुत्ने कोठा हो।

प्रहरीका अनुसार बुधबार राति अधिकारी सुतिरहेको कोठाको झ्यालमा ढुंगा प्रहार गरिएको थियो, जसबाट सामान्य भौतिक क्षति भएको छ । झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले रातिको समयमा ढुंगा प्रहार भएको पुष्टि गर्दै रास्वपाको सम्पर्क कार्यालयमा कुनै तोडफोड नभएको स्पष्ट पारे।

उक्त घरको एउटा कोठा मात्रै रास्वपाले भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको र बाँकी कोठामा घरधनीको परिवार बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । घटनाको समयमा घरधनी परिवार घरमै रहेको र अन्य कुनै क्षति नभएको बताइएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन्। उनको प्रचारप्रसार र भेटघाटका लागि केही समयअघि सो स्थानमा सम्पर्क कार्यालय खोलिएको थियो।

घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको छ।

Skip This
Skip This
Logo