शान्ति सुरक्षा नभएको भन्दै भदौरे गाउँको भेलाले गर्‍यो निर्वाचन बहिष्कारको घोषणा

शान्ति सुरक्षा नभएको भन्दै भदौरे गाउँको भेलाले गर्‍यो निर्वाचन बहिष्कारको घोषणा

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा। लगातार हत्या र लुटपाटले असुरक्षित महसुस गरेका ओखलढुंगाको भदौरे गाउँका बासिन्दाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने (‘नो–भोट’) निर्णय गरेका छन्। एक महिनामा चार जनाको हत्या भएपछि गाउँलेले न्याय र सुरक्षा सुनिश्चित नभएसम्म मतदान नगर्ने घोषणा गरेका हुन्।

गाउँलेको भेलाले जघन्य अपराधका दोषीलाई तुरुन्त पक्राउ गरी कानुन अनुसार सजाय सुनिश्चित गर्न, स्थायी प्रहरी पोष्ट स्थापना गर्न, आवश्यक स्थानमा सुरक्षा टोली परिचालन गर्न र सडक, मुख्य चोकमा निगरानी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

भेलामा सर्वपक्षीय सहमति भए पनि नेपाली कम्युनिष्ट पार्टीले ‘नो–भोट’ अभियानमा फरक मत राखेको थियो। स्थानीयहरूले व्यक्तिगत भेटघाट बाहेक कुनै पनि राजनीतिक सभा, जुलुस वा भेलामा सहभागी नहुने निर्णय पनि गरेका छन्।

भदौरे बासिन्दाले भने, “राज्यले सुरक्षा प्रत्याभूति नदिएकासम्म हामी मतदानमा भाग लिँदैनौं। अपराधीलाई कानुन अनुसार कारबाही नगरी सुरक्षा सुनिश्चित हुँदैन।”

जिल्लास्थित राजनीतिक दलहरूले पनि सुरक्षा अवस्था चुस्त बनाउन प्रशासनको ध्यानाकर्षण गराएका छन्।

Skip This
Skip This
Logo