पर्वत
पर्वत महोत्सबमा एउटा ११२ किलो तौल भएको बोको सबैको आकर्षण बनेको छ । रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतले आयोजना गरेको महोत्सवमा उक्त बोको सबैको आर्कषण बनेको हो । "/>

सबैको ध्यान तान्दै १ सय १२ किलोको बोको !

सबैको ध्यान तान्दै १ सय १२ किलोको बोको !

केन्द्रबिन्दु
0
Shares

पर्वत
पर्वत महोत्सबमा एउटा ११२ किलो तौल भएको बोको सबैको आकर्षण बनेको छ । रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतले आयोजना गरेको महोत्सवमा उक्त बोको सबैको आर्कषण बनेको हो ।

महोत्सव अन्तर्गत कृषि प्रदर्शनीमा राखिएको उक्त बोका कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको बैशाली समूहले पालिरहेको छ । प्रदर्शनीमा बोका प्रदर्शनका लागि आएका कृषक छविलाल फकामी पुन भन्छन, ‘यो भन्दा केही साना तर सय किलो तौल भएका यस्तै अरु बाह्र वटा बोकाहरु फर्ममा छन् । ती मध्येको ठूलो यो मेलामा राखेका छौँ । महोत्सवमा आएका हरेक जनाले यो बोकाको अवलोकन गर्नुभएको छ । सबैले फोटो पनि खिचेर लग्नु भएको छ ।’

साँढे दुई बर्ष उमेर पुगेको उक्त बोका जमुनापारी जातको हो । तनहुँको बन्दीपुरबाट सानैमा ल्याईएको उक्त बोकालाई समूह र समूह बाहिरका स्थानीयहरुले ब्याठेको रुपमा पाल्दै आएका छन् । उक्त बोकाको मूल्य हालको बजार मूल्य अनुसार चवालीस हजार आठ सय रुपैयाँ रहेको र सो मूल्य पाएमा बिक्री गर्ने भनेर नै महोत्सवमा ल्याइएको पनि कृषक फकामीले बताए । बैशाली समूहले फर्म दर्ता गरेर बिगत तीन बर्ष देखि बोका पालन गर्दै आएको छ । समूहका सदस्यहरुले पालो अनुसार बोका पाल्दै आएका उनीहरुले पछिल्ला दिनहरुमा बोकाको हेरचाहको लागि तीन जना कामदारहरु पनि राखेका छन् ।

 

Skip This
Skip This
Logo