मोटोरोलाको मोटो रेजर आउन सक्ने

मोटोरोलाको मोटो रेजर आउन सक्ने

केन्द्रबिन्दु
0
Shares

मोटोरोला कम्पनीले उत्पादन गरेको मोटो रेजर मोवाइल फोनले आफ्नो उत्पादन भएको समयमा विश्वमै लोकप्रिय भएको थियो । एक दशक अघि विश्वको बजारमा आएको यो मोडलको फोन स्मार्टफोनको प्रबेश पछि हराउदैं गयो ।

यो सेटका प्रयोगकर्ताहरुको मनमा अझैं पनि बसेको यो मोडललाई कम्पनीले पून: बजारमा ल्याउने सोचाई बनाएको छ । त्यो बेला पातलो डिजाइन र मेटालिक बडीमा आएको यो सेटको निर्माता कम्पनीलाई चीनको लेनोभोले खरिद गरेको थियो । स्पेनको बार्सिलोनामा आयोजना भैरहेको मोवाइल वल्र्ड कंग्रेसमा लेनोभोका सिइओ यांग युआंकिङले नोकियाले लोकप्रिय पुराना मोडलहरुलाई निकाल्न थालेपछि आफुहरुले पनि निकाल्न सक्ने बताए ।

यांगका अनुसार अहिलेका मोवाइल सेटहरुमा प्रयोग भएको नयाँ टेक्नोलोजिका कारण धेरैजना फोल्डेबल सेट तर्फ आकर्षित हुन थालेको देखिन्छ । त्यसैले हामीले मोटोरोला रेजरमा पनि नयाँ प्रविधि जडान गरेर नयाँ सेटलाई ल्याउन सक्छौ । तर यो काम कहिले पुरा हुन्छ भन्ने कुरा हामी अहिले भन्न सक्दैनौ ।

मोटोरोला रेजर पून: आउने भन्ने कुरा कंग्रेसको अवसर पारेर पहिलो पटक आएको होईन । विगत दुई बर्ष देखि मोटोरोला रेजर आउने चर्चा चलिरहेको छ । सन् २०१६ मा त कम्पनीले मोटोरोला रेजरको नयाँ भर्जनको भिडियो समेत तयार पारेर आफ्नो अफिसियल साईटमा अपलोड गरेको थियो ।

Skip This
Skip This
Logo