काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले फागुन २२ गते देखि मलेसियाको निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ । एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । एयर एसियाले पुस २४ गते फेब्रुअरी २८ भित्र सबै बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो । तर प्रतिबद्धता अनुसार एयरलाइन्सले बक्यौता नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली ०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै बक्यौता दाखिल गर्न लागेको ठाकुरले जानकारी दिए ।
प्राधिकरणले कार्यालयलाई मार्च ३ देखि उडान बन्द गराउन सहमति दिएको थियो । तर विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय दिँदै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए ।
कार्यालयले लगातार सार्वजनिक बिदा परेका कारण तीन दिन थप गरिएको जनाइएको छ । अब कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई सूचना गराउँदै उडान बन्द गर्ने ठाकुरले बताए । एयर एसियाले विमानस्थल सेवा शुल्क बापत २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनु पर्नेछ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया