काठमाडौं
कांग्रेसले फागुन २१ मा संसदीय दलको नेता चयन गर्ने घोषणा गरेसँगै नेताहरूले सर्वसम्मतिको प्रयास थालेका छन् । "/>

कांग्रेस संसदीय दलको नेतामा सर्व सम्मति प्रयास जारी

कांग्रेस संसदीय दलको नेतामा सर्व सम्मति प्रयास जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
कांग्रेसले फागुन २१ मा संसदीय दलको नेता चयन गर्ने घोषणा गरेसँगै नेताहरूले सर्वसम्मतिको प्रयास थालेका छन् । सभापति शेर बहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेको भए पनि महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयास भएको हो। नयाँ व्यक्तिलाई अघि सार्दा पार्टीको तल्लो तह सम्मै सकारात्मक सन्देश जाने भन्दै डा. नारायण खड्का, प्रदीप गिरी लगायत नेताहरूले सर्वसम्मत नेता चयनका लागि सक्रियता बढाएका छन् । ‘हामी सभापति देउवासँग लगातार छलफलमा छौं’, कांग्रेस नेता डा.नारायण खड्काले भने, ‘हाम्रो प्रयास अन्तिम सम्म जारी रहन्छ ।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडैल र बुधबार महामन्त्री शशांक कोइरालाले नवनिर्वाचित सांसदलाई शुभकामना दिन आफ्नो निवासमा आयोजित चियापान र लन्च पनि दलको नेता चयनकै सिलसिलामा भएको भएको नेताहरूको आकलन छ । पौडेल निवासमा आयोजित चियापानमा सहभागी नभएका सभापति देउवा सहित नेता बुधबार महामन्त्री कोइराला निवास पुग्नुलाई पनि नेताहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । यद्यपि देउवाले कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै दलको नेता आफैं हुने दाबी समेत गरेका थिए ।

महामन्त्री कोइरालाले यसअघि नै सभापति देउवाले साथ दिने विश्वास व्यक्त गर्दै सर्वसम्मत तरिकाले मात्रै दलको नेता बन्ने बताइसकेका छन् । अर्का नेता प्रकाशमान सिंहले पनि अन्य नेतामा सर्वसम्मति भए समर्थन गर्ने तर चुनाव हुने अवस्थामा आफूले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महामन्त्री कोइराला निवासमा आयोजित चियापानमा पनि उनले त्यही कुरा दोहोर्‍याएका थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo