टिसिएलको एस–५के गुगल टिभी नेपाली बजारमा

टिसिएलको एस–५के गुगल टिभी नेपाली बजारमा

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले अत्याधुनिक एस–५के क्युलेड टिभी सार्वजनिक गरेको छ । कम्पनीले ३२ र ४३ इन्च आकारमा यी उक्त मोडेलका टिभी सार्वजनिक गरेको हो ।

यो टिभीले क्युलेड प्रविधिको ज्वलन्त दृश्यानुभूति, एचभिए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी साउन्ड र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको बताइएको छ ।

कम्पनीका अनुसार टिसिएल एस–५के क्युलेड गुगल टिभीले विशेष गरी प्रिमियम मनोरञ्जन चाहने युवापुस्ता, डिजिटल सामग्री र चलचित्र मन पर्ने परिवारलाई र स्मुथ गेमिङ अनुभव चाहने गेमरलाई लक्षित गरेको छ ।

यो टिभीमा क्वान्टम डट प्रविधिले प्राकृतिक र जीवन्त रङ, भएको, एचभिए प्यानलले तीन गुण बढी कन्ट्रास्ट र १७८ डिग्रीभन्दा बढीको दृश्यकोण प्रदान गर्ने बताइएको छ । साथै, डल्बी अडियोको २.० च्यानल स्पिकर सिस्टमले थिएटरस्तरको ध्वनि अनुभूति दिने कम्पनीको दाबी छ ।

डल्बी अडिओको समृद्ध ध्वनि: २.० च्यानल स्पिकर सिस्टमले थिएटर-स्तरको ध्वनि अनुभूति दिन्छ।

गुगल टिभीको बुद्धिमान अनुभव: गुगल सहयोगी मार्फत भ्वाइस नियन्त्रण, हजारौँ एप्सको पहुँच, र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा उपलब्ध छ।

स्टाइलिश मेटालिक डिजाइन: बेजल-लेस र मेटालिक फिनिस्ड डिजाइनले कुनै पनि आधुनिक रहनसहनमा सहजै मिल्छ।

पूर्ण कनेक्टिभिटी: बाइ-फाइ ४ (२.४जी + ५जी), ब्लुटुथ ५.०, दुई वटा एचडीएमआई पोर्ट, र यूएसबी २.० ले सबै उपकरणहरू जडान गर्न सहज बनाउँछ।

द्रुत प्रदर्शन: सिए५५*४ @१.१गिगाहर्ज प्रोसेसर, १ जीवी राम र ८ जीवी इन्टरनल स्टोरेजले सहज मल्टीटास्किङ सुनिश्चित गर्दछ।

टिसिएल एक अग्रणी विश्वव्यापी इलेकट्रोनिक्स ब्रान्ड हो जसले नवीनतम प्रविधि, गुणस्तर, र मूल्यलाई संयोजन गर्दै उच्चस्तरीय उपभोक्ता उत्पादनहरू डिजाइन र निर्माण गर्दछ। विश्वभर करोडौँ ग्राहकहरूको विश्वास जितेको यो ब्रान्ड लगातार मनोरञ्जन र दैनिक जीवनमा नवीनता ल्याइरहेको छ।

Skip This
Skip This
Logo