काँकडभिट्टा
पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । "/>

सीमा नाकामा प्रयोगशाला नहुँदा सुँघेरै जाँचिन्छ आयातित माछा

सीमा नाकामा प्रयोगशाला नहुँदा सुँघेरै जाँचिन्छ आयातित माछा

केन्द्रबिन्दु
0
Shares

काँकडभिट्टा
पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकाल देखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि खाद्य वस्तुको विषादी चेक नगरी भित्रिन नदिनू’ भनेर उर्दी जारी गरे पनि नाकामा परीक्षणको पुरानै शैली कायम छ ।

काँकडभिट्टाबाट आयात हुने भारतीय माछा झापाको राजमार्ग छेउछाउ र मेची अञ्चलका पहाडी जिल्लाका अधिकांश बजारमा आपूर्ति हुने गरेको छ । तर ती माछा छाम्छुम् र सुँघसाँघ बाहेक कुनै जाँच हुने गरेका छैनन् । यसबाट आयातित माछामा मिसाइने हानिकारक फर्मालिन जस्तो विषाक्त रसायनको जोखिम रहन्छ ।

फर्मालिन प्रयोग भएको माछा हेर्दा ताजा र राम्रो देखिने गर्छ । तर यस्तो रसायन मिसिएको माछा खाँदा मानिसलाई क्यान्सर लगायतका रोग लाग्ने सम्भावना हुने विज्ञहरु बताउँछन् । मेचीनगर माछा भित्रिने पूर्वका मुख्य नाका भएकाले फर्मालिन प्रयोग भएका र सडेका माछा भित्रिन नदिन काँकडभिट्टामा प्रयोगशाला स्थापना गर्न जरुरी देखिएको मेची सामुदायिक केन्द्र काँकडभिट्टाकी उपाध्यक्ष विना तामाङले बताइन् ।

काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०७३/७४ मा एक हजार ६७५ मेट्रिन टन माछा र ८३ मेट्रिन टन सिद्रा नेपाल भित्रिएको क्वारेन्टाइन चेक पोस्टले जनाएको छ । भारतबाट आउने माछाको मात्रा केही वर्ष घट्दै गएको भए पनि नेपाल माछा उत्पादनमा आत्मनिर्भर भने हुन सकेको छैन । “सुँघेर र छामेर जाँच्ने हाम्रो रहर होइन,” क्वारेन्टाइनका जाँचकी प्रविधिज्ञ रामसेवक यादव आफ्नो बाध्यता सुनाउँदै भन्नुभयो – “एउटा राम्रो ल्याब भइदिएको भए यस्तो गर्नुपर्ने थिएन ।” वर्षेनी एक हजार ६०० मेट्रिन टन भन्दा बढी आयात हुने माछा जाँच गर्ने क्रममा काँकडभिट्टाको एनिमल क्वारेन्टाइन कार्यालयले एकपटक पनि गुणस्तरहीन भनेर रोकेको घटना छैन ।

“व्यापारको माल हो, रोक्नु पनि भएन,” प्रविधिज्ञ यादव भन्छन् – “खराब भन्ने आधार केलाई मान्ने ? ल्याब भए पो प्रमाणित गर्नु ” फर्मालिन जाँच्न हाल विराटनगर वा काठमाडौँ स्थित क्वारेन्टाइनकै प्रयोगशालामा नमूना पठाउनु पर्ने र त्यसको दोस्रो विकल्प भएको कर्मचारी बताउँछन् ।
रासस

Logo