काठमाडौँ
नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा सभामुख हुने भएका छन् । माओवादी केन्द्रले महरालाई सभामुख बनाउने भएको हो । "/>

संघीय संसद्को सभामुखमा माओवादीका महरा

संघीय संसद्को सभामुखमा माओवादीका महरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा सभामुख हुने भएका छन् । माओवादी केन्द्रले महरालाई सभामुख बनाउने भएको हो । पटक–पटक सरकारमा सहभागी भएका कारण नेता महरा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच भएको भागवण्डा अनुसार माओवादीलाई सभामुख र एमालेलाई उपसभामुख परेको छ । नेताहरूको व्यवस्थापन गर्न माओवादीले महरालाई सभामुखमा अगाडि सारेको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार पार्टीले सभामुखमा महरालाई अगाडि सारेपछि अन्य नेताहरूले आकांक्षा देखाएका छैनन् ।

उनले भने– ‘पार्टीबाट महरा नै सभामुख बन्ने सहमति शीर्ष तहमा भइसकेको छ ।’ शान्ति प्रक्रियामा आएपछि गठन भएको सरकारमा माओवादी केन्द्रबाट महराले नै पटक–पटक सरकारमा जाने अवसर पाएका थिए । यसपटक भने महराले मन्त्री बन्न कुनै लबिङ नगरेको बताइएको छ । यसअघिको सभामुख निर्वाचनमा पनि महरालाई सभामुखका रूपमा अगाडि सारिए पनि महराले अस्वीकार गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo