हेटमायरको आक्रामक ब्याटिङमा वेस्ट इन्डिजले दियो १८३ रनको लक्ष्य

हेटमायरको आक्रामक ब्याटिङमा वेस्ट इन्डिजले दियो १८३ रनको लक्ष्य

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज कोलकाताको इडेन गार्डेनमा भइरहेको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डविरुद्ध बलियो लक्ष्‍य पेश गरेकाे छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १८२ रन बनाएको हाे ।वेस्ट इन्डिजका लागि अनुभवी ब्याटर शिमरोन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै मात्र ३६ बलमा ६४ रनको योगदान दिए। उनले आफ्नो पारीमा ६ छक्का र २ चौका प्रहार गरे। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याइसकेका थिए।

साथै ब्रेन्डन किंगले ३५ रन, रोभम्यान पावेलले २४ रन जाेड्दा कप्तान साई होप १९ रन र शेर्फेन रदरफोर्ड २६ रनमा आउट भए ।

स्कटल्याण्डका बलरहरूले वेस्ट इन्डिजका पावर-हिटरहरूलाई रोक्न निकै संघर्ष गर्नुपर्‍यो। ब्राड कुरीले २ विकेट लिँदा सफ्यान शरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १–१ विकेट लिएका छन्।

यस समूह ‘सी’ मा नेपाल, इङ्ल्यान्ड र इटाली पनि रहेका छन्, त्यसैले यस खेलको नतिजा नेपालका लागि पनि महत्त्वपूर्ण हुनेछ।

Skip This
Skip This
Logo