निर्वाचन सुरक्षाका लागि सातै प्रदेशमा एआईजी खटाइए, प्रहरीले माग्यो २८ सय पेस्तोल सेनाबाट सापटी

निर्वाचन सुरक्षाका लागि सातै प्रदेशमा एआईजी खटाइए, प्रहरीले माग्यो २८ सय पेस्तोल सेनाबाट सापटी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिंदै गर्दा प्रहरी प्रधान कार्यालयले सातवटा प्रदेशमा एआईजी खटाएर सुरक्षा अनुगमन सुरु गरेको छ।

सुदूरपश्चिममा एआईजी हिमालय कुमार श्रेष्ठ, मधेसमा एआईजी डम्बर बिक, गण्डकीमा एआईजी डा. मनोज केसी (सीआईबी), बागमतीमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर, कोशीमा राजन अधिकारी र लुम्बिनीमा एआईजी उमा प्रसाद चतुर्वेदी खटिएका छन्।

एआईजीहरूले जिल्ला सुरक्षा समितिसँग समन्वय गरी स्थानीय चुनौती, संवेदनशील स्थान र साधन स्रोतको मूल्याङ्कन गर्नेछन्। साथै, प्रहरीको मनोबल बढाउन निर्देश र दिशानिर्देश पनि प्रदान गरिनेछ।

निर्वाचनमा प्रयोगका लागि प्रहरीले सेनाबाट २८ सय पेस्तोल सापटी लिएको छ। निर्वाचन सकिएपछि हतियार फिर्ता गरिने व्यवस्था गरिएको छ। २०७९ मंसिरको निर्वाचनमा पनि यस्तै व्यवस्था प्रयोग गरिएको थियो।

मधेस प्रदेशलाई सबैभन्दा संवेदनशील मानिएको छ। फागुन १९–२० का होली पर्वका कारण सुरक्षा चुनौती बढ्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।

सुरक्षा सुनिश्चित गर्न एआईजी–स्तरको अनुगमन र सेना–प्रहरी समन्वय निर्वाचनको मुख्य आधार बनेको छ।

Skip This
Skip This
Logo