पारिवारिक जिम्मेवारी नपुराउनेलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने सरकारको तयारी

पारिवारिक जिम्मेवारी नपुराउनेलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने सरकारको तयारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवन सुनिश्चित गर्न कानुन निर्माणको तयारी थालेको छ । यसअन्तर्गत परिवारबाट कर्तव्य निभाउनेमा ध्यान नदिने व्यक्ति सार्वजनिक सेवा सुविधाबाट वञ्चित हुन सक्नेछन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव श्रद्धा श्रेष्ठले यस्तो जानकारी दिएकी हुन्।

सरकारले ज्येष्ठ नागरिकको अधिकार, पारिवारिक जिम्मेवारी र अन्तरपुस्ता ज्ञान–सीपको हस्तान्तरणलाई राष्ट्रिय नीति, ऐन वा नियममार्फत सुनिश्चित गर्ने तयारी गरेको छ।

श्रद्धा श्रेष्ठका अनुसार, “ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनका लागि परिवारबाट नै कर्तव्य निभाउनु जरुरी छ। कर्तव्य ननिभाउनेलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने वा बाध्यकारी व्यवस्था लागू गर्ने कानुनी उपाय आवश्यक छ।”

उनले थपिन्, “अन्तरपुस्ता ज्ञान, सीप र अनुभवको हस्तान्तरणले सामाजिक विकास र उत्पादनसँग जोडिने नीति सरकारको छ। बन्दै गरेको राष्ट्रिय नीतिमा यस विषयलाई समेट्ने काम भइरहेको छ।”

बैठकमा समितिले ज्येष्ठ नागरिकको जीवन गुणस्तरीय, सुरक्षित र सम्मानित बनाउन विशेष व्यवस्था आवश्यक भएको औँल्याएको थियो।

Logo