पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

केन्द्रबिन्दु
12
Shares

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पर्सामा दुई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको जानकारी दिए।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतमा पर्साका सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीलाई तोकिएको छ । कार्यालयले निर्वाचन आयोगको गत माघ १० गतेको पत्राचारअनुसार निर्वाचन ऐन, २०७३ को दफा २ को खण्ड (ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम जिम्मेवारी दिएको जनाएको छ । 

पर्साका सहायक प्रजिअ कार्कीले कोही कसैले निर्वाचन आचारसंहिता विपरीतकार्य गरे÷गराएमा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी गर्नसमेत आह्वान गरे।

यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय र निर्वाचन कार्यालयको प्रमुखको उपस्थितिमा पर्साको मतदानस्थलको निरीक्षण गर्नुभएको छ । आज यहाँको धोविनी गाउँपालिकाअन्तर्गतको पाँच वटा वडामा रहेका सात मतदानस्थलको निरीक्षण गरिएको हो ।

Skip This
Skip This
Logo