पर्वत
पर्वतको कुश्मा बजारसँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्न थालिएको छ । विगत साँढे दुई दशक देखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्डयन प्राधिरण तयार भएसँगै आवश्यक पूर्वाधार तयार गर्न थालिएको हो । नागरिक उड्डयन प्राधिकरण र विभिन्न विमान कम्पनी तथा बाग्लुङ नगरपालिका बीच गत साता बिमानस्थल संचालनमा ल्याउने सहमति भएको थियो ।
गौरचरणमा परिणत भएको बिमानस्थल संचालनका लागि उक्त सहमतिसँगै प्राविधिकहरुको अबलोकनपछि पूर्वाधार निर्माणको काम तत्काल शुरु हुने भएको छ । अब बिमानस्थलमा रन वे मर्मत, पुरानो टावरको चेकजाँच तथा मर्मत र बिमानस्थल वरपरका अग्ला संरचना हटाउने र रुखहरु तत्काल हटाउने कार्य शुरु हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख इन्द्रराज शर्माले शुरुमा पूर्वाधार तयार हुनु पर्ने बताए । बिमानस्थलमा सरोकारवालाहरु बीचको छलफलमा शर्माले दैनिक पोखरा, काठमाण्डौ जाने यात्रुको संख्या पुगेपछि बिमान संचालन गर्न समस्या नरहेको बताउँदै पूर्वाधार निर्माणका लागि प्राविधिकहरुको सल्लाह अनुसार अघि बढने प्रतिवद्धता जनाए । उनले जिल्लाका सवै संयन्त्रवाट बिमानस्थल संचालनका लागि आवश्यक सहयोग गर्नु पर्ने बताए र बिमानस्थल सुरक्षा समिति बनाउन आग्रह गरे ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया