काठमाडौँ
नव नियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेना बीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्यास सम्बन्धी फाइल स्वीकृत गरेका छन् । सिंहदरबार पुतली बगैँचास्थित मन्त्रालयमा सोमबार पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन् ।
रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षा सचिव विनोद केसी लगायतले स्वागत गरेका थिए । सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए । मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ । रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
नागरिकबाट































प्रतिक्रिया