जेनजी आन्दोलनबारे निष्कर्ष अझै टुंगिएन, जाँचबुझ आयोगको २५ दिन म्याद थप

जेनजी आन्दोलनबारे निष्कर्ष अझै टुंगिएन, जाँचबुझ आयोगको २५ दिन म्याद थप

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन अझै निष्कर्षमा पुग्न नसकेपछि सरकारले जाँचबुझ आयोगको म्याद फेरि लम्ब्याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप २५ दिन समय दिने निर्णय गरेको हो। यससँगै आन्दोलनका क्रममा भएका घटनाबारे प्रतिवेदन सार्वजनिक हुने समय अझै पछाडि धकेलिएको छ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगलाई निष्पक्ष र तथ्यगत छानबिन पूरा गर्न समय अपुग भएकाले अवधि थप गरिएको बताए। उनका अनुसार आयोगले घटनाका सबै पक्ष केलाउने प्रक्रियालाई निरन्तरता दिनेछ।

तर आयोगको म्याद पटक–पटक थपिँदै जाँदा सत्य बाहिर ल्याउन सरकार इच्छुक छ कि छैन भन्ने प्रश्नसमेत उठ्न थालेको छ। जेनजी आन्दोलनसँग जोडिएका पीडित पक्ष र नागरिक समाजले छानबिन प्रक्रिया ढिलाइमा पारिँदै गएको भन्दै चासो व्यक्त गरेका छन्।

Logo