झापा। बिर्तामोड–२, चारपाने स्थित ओमकार रेडिमेड कङ्क्रिट उद्योगमा विद्युत चुहावट हुँदा एक मजदुरको मृत्यु भएको छ।
२८ वर्षीय राजीव राजवंशी (शिवसताक्षी–४) मिक्चर मेसिन सफा गर्ने क्रममा हिल्टी चलाउँदा करेन्ट सर्ट भएर घाइते भएका थिए । उनलाई उपचारका लागि बिएन्डसी अस्पताल पु-याइयो, तर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





























प्रतिक्रिया