काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोसीमा खस्यो,६ जनाको उद्धार,यात्रुको संख्या यकिन हुन बाँकी

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस तामाकोसीमा खस्यो,६ जनाको उद्धार,यात्रुको संख्या यकिन हुन बाँकी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको धोबी हुँदै गइरहेको गाडी तामाकोशीमा खसेको हो ।

दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ६ जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको र बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताए ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३–०१–९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

Logo