काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको धोबी हुँदै गइरहेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको हो। अरनिको यातायातको प्रदेश ३–०१–९९५ख नम्बरको बस नदीमा खस्दा
५ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परेका ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टको भनाई छ ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सहिरहेको छैन ।
उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया