तामाकोशी बस दुर्घटना: १० जनाको मृत्यु, ८ जना गम्भिर घाईतेको उपचार हुँदै

तामाकोशी बस दुर्घटना: १० जनाको मृत्यु, ८ जना गम्भिर घाईतेको उपचार हुँदै

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। रामेछापको मन्थली नगरपालिका–सेलेघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तामाकोशी नदीमा खसेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।

उनकाअनुसार एक जना अचेत अवस्थामा फेला परेका र अर्का घाइतेलाई अस्पताल लैजाँदै गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएका जानकारी अनुसार आठ जना गम्भीर घाइते छन्। त्यसमध्ये ३ जनालाई धुलिखेल अस्पताल लगिएको छ ।

दुर्घटनामा परेका यात्रुको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली,रामेछाप प्रहरी लगायत खटिएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मङ्गलबार सेलेघाटमा दुर्घटनामा परेको थियो। रामेछाप जिल्ला प्रहरी कार्यालयका डीएसपी भोला भट्टले खोजी, उद्धार र घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएका छन् ।

Logo