काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित ढङ्गले सम्पन्न गर्न सुरक्षा फौजलाई सतर्क रहन निर्देशन दिएकी छन् ।
आज सैनिक मुख्यालय, जङ्गी अड्डामा सुरु भएको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका अनुभव र आगामी चुनावका चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले त्रुटि नगरी काम गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनलाई सुरक्षित बनाउन सुरक्षा संवेदनशीलताका आधारमा सबै निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस्। सबै राजनीतिक दलको गतिविधि अवरुद्ध हुन नपरोस्।”
बैठकमा नेपाली सेनाका विभागीय प्रमुख र पृतनापतिहरूको सहभागिता रहेको थियो। प्रधानसेनापति अशोकराज सिग्देलले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी दिए। सहभागीहरूले आफ्ना जिम्मेवारी क्षेत्रको समीक्षा, कार्यसम्पादन र सुझाव प्रस्तुत गर्दै छलफल गरेका थिए।
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार सेनाले प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गर्नेमा पूर्ण विश्वास व्यक्त गरे।





























प्रतिक्रिया