नेपालगन्ज
मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले माईती नेपालद्वारा सुरु गरिएको मेची–महाकाली अभियान नेपालगन्ज आइपुगेको छ । उनीहरुलाई मानव बेचबिखन बिरुद्धको जिल्ला समितिले नेपालगन्ज आइपुग्दा भब्य स्वागत गरेको थियो ।
सुदूरपश्चिमको महेन्द्रनगर र पूर्वको काँकडभिट्टाबाट अभियान थालिएको हो । सुदूरपश्चिमबाट माईती नेपालले सञ्चालन गरेको अभियानमा प्रशासकीय अधिकृत हस्त खड्काले नेतृत्व गरेको अभियान्ताहरुको टोली नेपालगन्जमा आइपुग्दा सम्बद्धहरुले ¥याली सहितको कोण सभा गरेर स्वागत गरेका हुन् ।
स्थानीय वीपीचोकबाट शुरु भएको ¥याली धम्बोझीचोक सम्म पुगेको थियो । त्यसपछि आयोजित कोणसभामा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले भने, ‘सबै स्थानीय निकायहरुले मानव बेचबिखन विरुद्धको कार्यक्रम गरेर जनचेतना फैलाउनु पर्छ ।’ जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले मानव बेचबिखन सबैको साझा समस्या भएको कारण यसको रोकथाम सबैको हातेमालोबाट मात्रै संभव भएको औल्याए । सो सभालाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर धवल शमशेर राणा, उप–मेयर उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी रमेश केसी लगायतले सम्बोधन गर्दै मानव बेचबिखन देशव्यापी तथा साझा समस्या भएकाले यसका विरुद्धमा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
राजधानीबाट































प्रतिक्रिया