बागमती। बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन्। हालसम्म पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएका छन्।
प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी विधेयक भने प्रदेश प्रमुखबाट फिर्ता भई पुनः प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन रहेको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार हालसम्म प्रदेशसभामा ९३ विधेयक दर्ता भएका छन्।
प्रदेशसभाबाट ५० वटा मूल ऐन र २१ वटा संशोधन ऐन पारित भएका छन्। प्रदेशसभामा दर्ता भएका १४ अध्यादेशमध्ये सबै स्वीकृत भएका छन् भने सातवटा प्रतिस्थापन भएका र पाँचवटा निष्क्रिय भएका छन्।
पछिल्लो समय प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक र प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा दर्ता भएका छन्। प्रदेश सरकार सञ्चालनका लागि आवश्यक अधिकांश ऐन कानुन निर्माण भइसकेका छन् भने केही ऐन, अध्यादेश र विनियमावली निर्माण प्रक्रियामा रहेको जनाइएको छ।





























प्रतिक्रिया