सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा बिरामी लिएर दाङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप आज बिहान करिब पौने ५ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालक सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा सिस्ने गाउँपालिका–२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी घाइते भएका छन्।
घाइते तीनै जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ । थप उपचारका लागि उनीहरूलाई दाङको तुलसीपुर पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया