दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दियो १८८ रनको लक्ष्य, रिकल्टन र डी ककको अर्धशतक

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दियो १८८ रनको लक्ष्य, रिकल्टन र डी ककको अर्धशतक

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १८८ रनको बलियो लक्ष्य दिएको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले दक्षिण अफ्रिकी ब्याटरहरूलाई रोक्न कठिन संघर्ष गर्नुपऱ्यो । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको सम्मानजनक योगफल तयार गरेको छ।

प्रारम्भिक विकेट सस्तैमा गुमाए पनि रायन रिकल्टन र क्विन्टन डी ककले शतकीय साझेदारी गर्दै टोलीलाई विशाल योगफलतर्फ डोहोर्‍याए। रायन रिकलटनले मात्र २८ बलमा ६१ रनको आक्रामक इनिङ्स खेले भने क्विन्टन डी ककले ४१ बलमा ५९ रन जोडे।

मध्यक्रममा केही विकेट झरे पनि अन्त्यमा मार्को जान्सनले ७ बलमा १६ रन र डेभिड मिलरले १५ बलमा २० रन बनाउँदै स्कोरलाई १८७ सम्म पुर्‍याए।

कप्तान राशिद खानले कसिलो बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। उनले खतरनाक देखिएका डी कक र रिकलटन दुवैलाई एकै ओभरमा आउट गराएका थिए। साथै अजमतुल्लाह ओमरजाईले पनि ३.३ ओभरमा ३७ रन खर्चिएर २ विकेट हात पारे। यता फजलहक फारुकीले १ विकेट लिए पनि अन्तिम ओभरतिर निकै महँगा सावित भए।

Logo