उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका पाठकलाई ल्याइयो नेपाल

उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका पाठकलाई ल्याइयो नेपाल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई सहित उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले नेपालमा फिर्ता ल्याएको छ।

पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । उनलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो।

पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राई सहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएका थिए।

उनले भदौ २४ गते कारागारबाट भागेका कैदीलाई सुपारी दिएर मार्ने धम्की दिएका थिए।

Skip This
Skip This
Logo