टी-२० विश्वकपमा अस्ट्रेलियाको सानदार सुरुवात

टी-२० विश्वकपमा अस्ट्रेलियाको सानदार सुरुवात

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत बुधबार सम्पन्न समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । कोलम्बोको आर. प्रेमदासा स्टेडियममा भएको खेलमा अस्ट्रेलियाका बलरहरूको घातक प्रदर्शनसामु आयरल्याण्डको ब्याटिङ लाइनअप ध्वस्त भयो।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। अस्ट्रेलियाका लागि अनुभवी अलराउन्डर मार्कुस स्टोइनिसले २९ बलमा ४५ रनको विष्फोटक पारि खेले। त्यस्तै, जोस इङलिस र म्याट रेनशाले समान ३७-३७ रनको योगदान दिएपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको थियो।

आयरल्याण्डका लागि मार्क एडेयरले २ विकेट लिए पनि उनी निकै महँगो साबित भए।

१८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.५ ओभरमा मात्र ११५ रनमा अलआउट हुन पुग्यो। आयरल्याण्डको सुरुवातै खराब रह्यो । कप्तान पउल स्टर्लिङ पहिलो बलमै ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिरिनु उनीहरूका लागि ठुलो नोक्सानी बन्यो।

अस्ट्रेलियाका स्पिनर एडम जाम्पा र तीव्र गतिका बलर नेथन एलिसले आयरल्याण्डका ब्याटरहरूलाई टिक्नै दिएनन्। दुवैले समान ४-४ विकेट चटकाए। एलिसले ३.५ ओभरमा मात्र १२ रन खर्चिए भने जाम्पाले ४ ओभरमा २३ रन दिए।

Logo