एक पटक आँखा झिम्काएको भरमा ५० लाख फलोअर्स !

एक पटक आँखा झिम्काएको भरमा ५० लाख फलोअर्स !

केन्द्रबिन्दु
0
Shares

सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य नै हो । एक पटक आँखा झिम्काएको भरमा एक नव अभिनेत्रीले ५० लाख फलोअर्स कमाएकी छन्  ।

अहिले सर्वत्र भाइरल बनिरहेकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरको यो फलोअर्स फेसबुकका सस्थापक मार्क जुगरबर्गको भन्दा १० लाखले बढी हो ।
जुगरबर्ग इन्स्टाग्राम एप्समा जोडिएको ७ वर्षमा ४० लाखले फलो गरेका छन् तर डेढ वर्षअघि मात्र यो एप्समा जोडिएकी प्रियालाई फलो गर्नेहरु ५० लाख पुगेका छन् ।

१८ बर्षिय प्रिया बीकम पहिलो वर्षकी विद्यार्थी हुन् । केरलको त्रिशुरमा बस्ने उनको डेब्यू फिल्म ‘उरु उदार लव’ को गीतको एउटा दृष्य इन्टरनेटमा भाइरल बनेपछि उनी चर्चामा छिन् । यो फिल्म ३ मार्चमा रिलिज हुँदैछ ।

Skip This
Skip This
Logo