बेलायत र रोमनिया पठाइदिन्छु भन्दै ८० लाख ठगीको अभियोगमा तीन जना प्रहरीको खोरमा

बेलायत र रोमनिया पठाइदिन्छु भन्दै ८० लाख ठगीको अभियोगमा तीन जना प्रहरीको खोरमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।

प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन् ।

अभियुक्तहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरुबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए ।

Skip This
Skip This
Logo