निषेधाज्ञाका बाबजुद पुर्वराजा शाहको स्वागतमा विमानस्थल जाने तयारीमा राजावादी

निषेधाज्ञाका बाबजुद पुर्वराजा शाहको स्वागतमा विमानस्थल जाने तयारीमा राजावादी

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादी समर्थकहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। काठमाडौं प्रशासनले विमानस्थल आसपास पाँच जनाभन्दा बढी भेला, जुलुस र प्रदर्शनमा निषेधाज्ञा जारी गरेको छ।

राप्रपाका नेताहरू कमल थापा, राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा सहभागी हुनेछन्। प्रवक्ता मोहन श्रेष्ठले भने, “हामी राष्ट्रिय झन्डा लिएर मात्र जानेछौं। निषेधाज्ञा हामीले मान्दैनौं।”

प्रशासनले सुरक्षा कडा बनाएको छ भने समर्थकहरूले विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित हुने तयारी थालेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रशासनको निषेधाज्ञा अस्वीकार गर्दै फेसबुकमार्फत भनेका छन्, “कसैले संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालेमा त्यो कसैले मान्दैन।”

नेता कमल थापाले पनि स्वागतमा उपस्थित हुने घोषणा गर्दै भनेका छन्, “विमानस्थलको सुरक्षा गर्नु सरकारको कर्तव्य हो। तर बाहिर शान्तिपूर्ण रूपमा उपस्थित भएर स्वागत गर्न कसैले रोक्न सक्दैन। सबै देशभक्त नागरिकलाई उपस्थित हुन अनुरोध गर्दछु।”

यस्तै दुर्गा प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् कि देशभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विमानस्थल आन्तरिक टर्मिनलतर्फ बिहान ११ बजे पुगेर पूर्वराजालाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक रूपमा स्वागत गर्न जुटुन।

Logo