चौरासी वर्ष पुगेका अवसरमा विद्यालयलाई रु पाँच लाख सहयोग

चौरासी वर्ष पुगेका अवसरमा विद्यालयलाई रु पाँच लाख सहयोग

केन्द्रबिन्दु
21
Shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेका अवसरमा स्थानीय विद्यालयलाई रु पाँच लाख सहयोग गरेको छ ।

रत्नेचौरका भीमबहादुर र भीमकुमारी थापामगरको ८४ पूजाका अवसरमा बिहीबार उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

थापा दम्पतीका छोरीहरू लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सविना थापामगर, हरिकुमारी थापामगर र सरिता थापामगरले रु पाँच लाख हस्तान्तरण गरेका विद्यालयका प्रअ विनोद थापाले जानकारी दिए।

उक्त रकम थापामगर दिदीबहिनीहरूले स्थापना गरेको भीमबहादुर÷भीमकुमारी अक्षयकोषमा राखेर त्यसको ब्याज विद्यालयको शैक्षिक तथा भौतिक विकासमा परिचालन गरिने उनले बताए।

बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख दलबहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

Skip This
Skip This
Logo