सिजी इलेक्ट्रोनिक्सका ४० विजेताहरूले पाए ‘नेपाल र वेस्ट इन्डिज’को खेल हेर्न मुम्बईको टिकट

सिजी इलेक्ट्रोनिक्सका ४० विजेताहरूले पाए ‘नेपाल र वेस्ट इन्डिज’को खेल हेर्न मुम्बईको टिकट

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । नेपालको लोकप्रिय सिजी इलेक्ट्रोनिक्सका ४० जना ग्राहकले नेपाल र वेस्ट इन्डिजको खेल हेर्न मुम्बईको टिकट पाएका छन् । सिजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई १ फागुन १ शुक्रबारका दिन ४० जना विजेतालाई मुम्बई पठाएको हो ।

ती ग्राहकहरुले आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका छन् । कम्पनीले गत २९ मंसिरदेखि १२ माघसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वस्तरिय ब्रान्डहरू एलजी, सिजी, सिजी एसडीए, टीसीएल, ब्ल्याकंडेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए।

हजारौं सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथा मार्फत निष्पक्ष रूपमा ४० जना विजेताहरू छनोट गरिएको कम्पनीले जनाएको छ । विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्।

कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौं-मुम्बई-काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ। साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo