सिन्धुपाल्चोकको बारबिसेमा जन्मेका सुरेश तिमल्सिना अहिले १५ वर्षका भए । उनको कामलाई देख्दा लाग्छ, कि त उनी ठूलै नेता हुन अथवा नाम चलेका ठूला पत्रकार कोही कोहीले यस्तै यस्तै अनुमान गछएन् होला । "/>

जब १५ बर्षे सुरेश सडकमा पुगे …

जब १५ बर्षे सुरेश सडकमा पुगे …

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको बारबिसेमा जन्मेका सुरेश तिमल्सिना अहिले १५ वर्षका भए । उनको कामलाई देख्दा लाग्छ, कि त उनी ठूलै नेता हुन अथवा नाम चलेका ठूला पत्रकार कोही कोहीले यस्तै यस्तै अनुमान गछएन् होला । तर उनको परिचय यो होइन् ।

१५ वर्षे ठिटो अहिले सडकमा छन्, उनको लक्ष्य भनेको सडकको आवाज सदनसम्म पुर्याउने हो । फागुन ८ गते यही अभियानको निरन्तरता दिन उनी सडकमा निस्केका बेला धेरैले खिल्ली पनि उडाएको उनले बताए ।

तर उनी भन्छन्, जसले जे भनेपनि मैले मेरो अभियानलाई पुर्णता दिएरै छोड्छु । म एक्लैले धेरै गर्न नसकेपनि अभियानको सुरुवात गरे अब सबैले मलाई सहयोग गर्नुपर्छ ।

सडकपेटीमा रहेका दिन दुःखीहरुको आवाजलाई सदनसम्म पुर्याउन आफु जस्तो सुकै दुःख र बचन सहन पनि तयार भएको उनी बताउँछन् । कामको सुरुवात गर्दा नै आफुले राम्रो प्रतिक्रिया पाएको बताउने उनले देशमा ४१ औं प्रधानमन्त्रीले पदभार ग्रहण गर्दा समेत सडक पेटीमा रहने गरिबहरुको अवस्था जस्ताको त्यस्तै रहेको बतउँदै उनीहरुको भलाईका लागी आफुले कामको सुरुवात गरेको बताउँछन् ।

आफु सडकमा पुगेपछि उनीहरुले आफुलाई कामका लागी शुभकामना दिएको बताए ।

Skip This
Skip This
Logo