काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फेरि झापा गएका छन् र फागुन ६ गतेसम्म त्यहाँ रहँदै निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ। ओली आज बिहान काठमाडौँबाट भद्रपुर विमानस्थल प्रस्थान गरेका थिए।
यसअघि माघ २३ गते झापा भ्रमणमा रहेका ओलीले सात दिनभित्र करिब ८० वटा गाउँका मतदाता भेटिसकेका थिए। यसपालि उनी शिक्षक भेला, धिमाल जाति र मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र स्थानीयसँग प्रत्यक्ष भेटघाट गरिने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
एमाले झापा–५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार, ओली फागुन ६ गतेसम्म झापामा नै बस्नेछन् र यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा घरदैलो कार्यक्रममार्फत मतदाता भेट्ने कार्यक्रम बनाइएको छ।































प्रतिक्रिया