आज महाशिवरात्रि । पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यसैबीच चारैतिर छरिएका खरानी घसेका बाबा र जटाधारी साधुहरू ‘शिवजीको बुटी’ को सुगन्धित धुँवामा लट्ठ देखिन्छन्। कोही ध्यानमग्न छन् त कोही “बम बम भोले” को गुञ्जनका साथ शिवकै धुनमा रमाइरहेका छन्। यो दृश्य देख्दा लाग्छ, साक्षात् कैलाश नै वाग्मतीको किनारमा ओर्लिएको छ, जहाँ भक्तिको मात र धुँवाको बादल मडारिएकाे देखिन्छ।














































प्रतिक्रिया