काठमाडौँ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । "/>

राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन् : सुशीला कार्की

राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन् : सुशीला कार्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । न अन्याय हुन्छ, न अत्याचार । सरकारले हेर्दै नहेरेर त समस्या आएका छन् ।’

शेरबहादुर देउवा सरकारले साधुलाई सुली र चोरलाई चौतारोमा राख्ने व्यहोरा देखाएको उनले टिप्पणी गरिन् । राज्य विरुद्धका घटनामा पैसा लेनदेन गरी लुकाउने र मिलाउने काम भएको कार्कीको आरोप थियो । उनले भनिन्, ‘बलात्कारका घटनामा प्रहरीको काम पीडकलाई न्यायको कठघरामा ल्याउने, पीडितलाई संरक्षण दिने हो तर संरक्षणको त कल्पना नै नगरौं, मनोपरामर्श पनि दिँदैनन् । उल्टो केटीहरुको भावनाको शोषण गर्छन् ।’ इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले यो वर्ष पुस्तकको २६ औं शृंखला भएको बताउँदै उनले विश्वमा कतै पनि गैरसरकारी क्षेत्रबाट यति लामो समय निरन्तर मानवअधिकार वर्ष पुस्तक प्रकाशन नभएको दाबी गरे । समारोहमा पूर्वप्रधानन्यायाधीश कार्कीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी थिइन् ।

इन्सेकको अभिलेख अनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार ५९ जना पीडित भएका छन् । सन् २०१७ को तथ्यांक गत वर्षको तुलनामा १ हजार ५ सय ५७ ले बढी हो । यस वर्ष राज्य पक्षबाट ८६ महिलासहित ७ सय ७७ जना तथा गैरराज्य पक्षबाट ४ हजार ५ सय ७९ महिलासहित ५ हजार २ सय ८२ जना पीडित भएका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo