धरान
वित्तिय अपराध मौलाएको भन्दै केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीको टोलीले पूर्वका विभिन्न शहरमा अप्रेसन सुरु गरेको छ । "/>

पूर्वमा सिआइवीको अप्रेसन शुरु, ६ कम्पनीका ८ जना पक्राउ

पूर्वमा सिआइवीको अप्रेसन शुरु, ६ कम्पनीका ८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धरान
वित्तिय अपराध मौलाएको भन्दै केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीको टोलीले पूर्वका विभिन्न शहरमा अप्रेसन सुरु गरेको छ । ब्युरो र क्षेत्रीय अनुसन्धान टोलीले आइतबार र सोमबार ६ वटा अवैधि कम्पिनीमा छापा मारी आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी श्याम बाबु ओलियाले जानकारी दिए ।

सिआइवीको टोलीले सोमबार धरान, इटहरी र विराटनगरमा एकै पटक छापा मारेको थियो । सोमबार दिउँसो तरहराको गोल्डेनचोक स्थित पशुपति गहना गृहमा छापा मारेको डिएसपी औलियाले बताए । सिआइवीको नेतृत्व र क्षेत्रीय व्युरो विराटनगरको अगुवाईमा भईरहेको पछिल्लो कारवाहीमा सुनचाँदी व्यवसायी तथा इन्भेष्टमेन्ट कम्पनी खोलेर वित्तिय कारोबार गर्नेहरुलाई विशेष निगरानी राखेको छ । आइतबार टोलीले धरानको हलेसी गहना गृहमा छापा मारेर संचालक दम्पतीलाई पक्राउ गरेको थियो । संचालक चन्द्र विक र अनिता विकलाई खातापाता सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo