काठमाडौँ
एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन् । लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरू बीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्ने र सरकारमा साँढे दुई, साँढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामी बीच भएको छ,’ बैठकपछि नेता खनालले भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थ्रु हो ।’
एमालेकै अर्का नेता प्रदीप ज्ञवालीले एकीकृत पार्टीको नेतृत्व भने द्विअध्यक्षात्मक प्रणालीका आधारमा दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने समझदारी भएको बताए । ‘एकीकृत पार्टीमा दुई जना (ओली र दाहाल) अध्यक्ष हुनु हुनेछ, द्विअध्यक्षात्मक प्रणालीमा उहाँहरूले संयुक्त रूपमा पार्टीको नेतृत्व गर्नु हुनेछ’, ज्ञवालीले भने। यसैविच एमाले माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन् । एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ । समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया