नयाँदिल्ली
भारतमा प्रहरीले पुरुषको भेष धारण गरी दाइजोका लागि दुई महिलालाई झुक्याएर विवाह गरेको आरोपमा एक महिलालाई गिरफ्तार गरेको छ । "/>

दाइजोका लागि पुरुषको भेषमा बहुविवाह गर्ने महिला पक्राउ !

दाइजोका लागि पुरुषको भेषमा बहुविवाह गर्ने महिला पक्राउ !

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली
भारतमा प्रहरीले पुरुषको भेष धारण गरी दाइजोका लागि दुई महिलालाई झुक्याएर विवाह गरेको आरोपमा एक महिलालाई गिरफ्तार गरेको छ । भारतको उत्तरी राज्य उत्तरखण्डमा दाइजो मागेको कारण कृष्णा सेनलाई पक्राउ गरिएको हो। भारतमा दाइजो माग्नु अवैधानिक मानिन्छ । प्रहरीले सोधपुछ गर्ने क्रममा मात्र कृष्णा महिला भएको भेद खुलेको बीबीसीलाई बताएको छ । विगतमा स्विटीको नामले चिनिने २६ वर्षीया सेनले सन् २०१४ मा पहिलो विवाह गरे यता पुरुषको भेष धारण गर्न थालेको बताइएको छ ।

वरिष्ठ प्रहरी अधिकारी जनमेजय खन्दारीले शुरूमा आफूहरूले कृष्णाको कुरा बुझ्न नसकेको र मेडिकल परीक्षण गरेपछि मात्र उनी महिला भएको पत्ता लागेको बीबीसीलाई जनाएका छन् । सेनले विवाह गरेको केही समयपछि नै पहिलो पत्नीसँग छुट्टिएर बस्न थालेको र सन् २०१७ को अप्रिलमा दोस्रो पत्नी विवाह गरेको बताइएको छ । उनका पूर्व ससुरा–सासूहरूले उनले आफ्ना छोरीहरूलाई दाइजोको विषयलाई लिएर सताउने गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । तिनीहरूले कृष्णाले व्यापार व्यवसाय शुरू गर्छु भनी लिएको ८ लाख ५० हजार भारु पनि फिर्ता नगरेको आरोप लगाएका छन् । विवाहको समयमा माइती पक्षबाट कन्यालाई दाइजो दिने दक्षिण एसियाको शताब्दीयौं पुरानो प्रथा हो । दाइजोका रूपमा माइतीले छोरीलाई हैसियत अनुसार गरगहना, नगद र अन्य सरसामान दिने प्रचलन छ । तर यो प्रथालाई भारतमा सन् १९६१ देखि अवैध घोषित गरिएको थियो ।

सेनले प्रहरी समक्ष बयान दिने क्रममा आफू सानै देखि केटोको जीवन बाँच्न चाहेको बताएकी छिन् । तर सेनको परिवारले उनको करतुत थाहा भएको वा नभएको भन्ने स्पष्ट हुन सकेको छैन । अझै रमाइलो कुरा त के हो भने उनी सित विवाह गर्ने दुवै महिलाले उनी महिला भएको शंकै गर्न नसकेको बताइएको छ । अनुसन्धानकै क्रममा सेनले कहिल्यै पनि आफ्ना पत्नीका सामु लुगा खोल्ने नखोल्ने र तिनीहरूसँग उनले यौन सम्पर्क पनि नराख्ने गरेको खुल्न आएको छ । प्रहरीका अनुसार अधिकांश पुरुष साथी भएका सेनले पुरुष शौचालय नै प्रयोग गर्ने र भिन्नै आवाज बनाएर बोल्ने गरेकी थिइन् । अरूले शंका नगरोस् भन्ने उद्देश्यले सेनले चुरोट तान्ने, रक्सी खाने र पुरुष साथीहरूसँग मोटरसाइकल चलाएर हिँड्ने गरेकी थिइन् । अर्का एक प्रहरी अधिकृतले सधैं पुरुष हेयर स्टाइल र पोसाकमा हिँड्ने हुनाले कसैले पनि उनी महिला होलिन् भनेर कल्पना समेत नगरेको बताएका छन् ।
एजेन्सी

Logo