बिन्ती कुमार र सदिक्षाको ‘मनचरी’मा प्रभात र जुनाको अभिनय

बिन्ती कुमार र सदिक्षाको ‘मनचरी’मा प्रभात र जुनाको अभिनय

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । गायक बिन्ती कुमार गुरुङको ‘मनचरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। लेखु सहयात्रीको शब्द तथा संगीत सृजना रहेको सार्वजनिक गीतमा गायक बिन्ती कुमारलाई गायिका सदीक्षा कट्टेलले स्वरमा साथमा दिएकी छन्।

एक प्रेमील जोडीबीचको रोमान्टिक प्रेम कहानी बताउने मनचरीलाई गायक गुरुङले भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरेका हुन्। मोडलद्वय प्रभात पाल ठकुरी र जुना विश्वकर्माको अभिनय रहेको भिडियोको निर्देशन शान थापाले गरेका हुन् । बिसम आचार्यको एरेन्ज रहेको गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ।

दिनेश पराजुलीको छायांकन रहेको गीतमा बिबेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर रहेको गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् भने भिडियोको निर्माण जष्मिन क्रियसनले गरेको हो। संगीता गुरुङले निर्माण गरेको भिडियो ग्रामिण भेगमा देखिँदै र भोगिँदै आएको भर्खरैका तन्नेरीहरूको आकर्षक प्रेमील कथा समेटिएको छ ।

गायक तथा संगीतकार गुरुङले प्रवासमा रहेर पनि वर्षेनी २ देखि ३ वटासम्म म्यूजिक भिडियो रिलिज गर्दै आइरहेका छन्। उनका बाटैबाटो, माया त यस्तो, चोखो माया, होई मेरो संसार, फूलभन्दा नी राम्री छ्यौंलगायत दुई दर्जन बढी गीतहरू आफ्नै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन्। यसका अलावा उनले आफ्नो मातृभाषा गुरुङ भाषामा पनि बेलाबखतमा आफ्ना सृजना बजारमा ल्याइरहेका हुन्छन्।

Skip This
Skip This
Logo