रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिन आदेश

रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिन आदेश

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्की अदालतले तत्काल फिर्ता नलिने निर्णय गरेको छ।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो। त्यसमा सोमबार सुनुवाइ गर्दै कास्की जिल्ला अदालतले लामिछानेविरूद्धको उक्त मुद्दा तत्काल फिर्ता नलिन आदेश दिएको हो।

जिल्ला न्यायाधीश नितिश राईको इजलासले सो आदेश जारी गरेको हो ।

Skip This
Skip This
Logo