पक्राउ परेका दुर्गा प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पु-र्याएको आरोपमा २५ दिन हिरासता राखिने

पक्राउ परेका दुर्गा प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पु-र्याएको आरोपमा २५ दिन हिरासता राखिने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सार्वजनिक शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरिने भएको छ। प्रहरीका अनुसार उनको पछिल्लो गतिविधि र सार्वजनिक अभिव्यक्तिका कारण शान्ति–सुरक्षामा प्रतिकूल असर परेको ठहर गर्दै कानुनी प्रक्रिया अघि बढाइएको हो।

जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निर्वाचन आयोगको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगले प्रसाईंका गतिविधिबाट सार्वजनिक शान्तिमा असर पुगेको भन्दै आवश्यक कारबाही गर्न प्रहरीलाई पत्र पठाएको थियो। आयोगले उनलाई खुला छाड्दा थप असहज परिस्थिति सिर्जना हुन सक्ने निष्कर्षसहित तत्काल नियन्त्रणमा लिन आग्रह गरेको बताइएको छ।

प्रहरीले सोही सिफारिसका आधारमा मध्यरातमा नै उनको निवासबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउपछिको अवस्थाबारे प्रहरी स्रोतले भने, सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको हो। पक्राउका क्रममा कुनै अप्रिय घटना नभएको र अवस्था सामान्य रहेको पनि जनाइएको छ।

सार्वजनिक शान्तिमा खलल पु¥याएको कसुर अन्तर्गत बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ। सोही प्रावधान अनुसार प्रसाईंलाई हिरासतमा राखी थप अनुसन्धान गरिने तयारी गरिएको छ। प्रहरीका अनुसार कार्यालय समय सुरु भएसँगै म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइनेछ।

यस घटनापछि राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले कानुनभन्दा माथि कोही नहुने भन्दै कारबाहीलाई समर्थन गरेका छन् भने केहीले अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका छन्। यद्यपि प्रहरी प्रशासनले भने आफ्नो कदम पूर्णतः कानुनी प्रक्रिया अनुरूप भएको दाबी गरेको छ।

प्रसाईंको पछिल्लो समय सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत व्यक्त अभिव्यक्तिहरू चर्चामा रहँदै आएका थिए। ती गतिविधिले शान्ति–सुरक्षामा चुनौती थपेको निष्कर्षसहित सम्बन्धित निकायले आवश्यक कदम चालेको जनाइएको छ। अब अदालतबाट म्याद थप स्वीकृत भएमा उनीमाथि थप अनुसन्धान अघि बढाइनेछ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले परिसरमा ल्याइएको केन्द्रविन्दुलाई जानकारी दिए।

यसअघि प्रसाईं २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए। त्यसपछि २५ माघमा हाजिरी जमानीमा रिहा भएका थिए।

प्रहरी स्रोतका अनुसार उनलाई निर्वाचनमा अव्यवस्था सिर्जना गर्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको हो।

Logo