सुर्खेत
६ नम्वर प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल नेकपा एमालेका चार सहित सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । ४० सदस्य प्रदेशसभामा सात मन्त्री हुने व्यवस्था छ ।
एमाले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी भएको छ । ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व सम्हालेका छन् । अर्थ व्यवस्था समितिका पूर्व सभापति समेत रहेका ज्वालाले आफ्नो विज्ञताका आधारमा मन्त्रालय छानेका हुन् । उनी सल्यानबाट निर्वाचिन सांसद हुन् । यस्तै एमालेका दल रावलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । रावल हुम्लाबाट निर्वाचित सांसद हुन् । एमालेकै नन्दसिंह बुढाले वन तथा वातावरण मन्त्रालय र खड्ग खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् भने खत्री सुर्खेतबाट निर्वाचित सांसद हुन् ।
मुख्यमन्त्रीपछिको शक्तिशाली मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय माओवादी केन्द्रले राखेको छ । आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । उनी माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दावेदार थिए । यस्तै पश्चिम रुकुमकी विमला केसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । पहिलो संविधानसभामा सदस्य रहेकी केसी समानुपातिक सांसद हुन् ।
नागरिकबाट































प्रतिक्रिया