काठमाडौं ।
ढाकाटोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाकाटोपी लगाउने गरिन्छ । तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाकाटोपी लगाउने प्रचलन छ । दिदीबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको असर भएपनि ढाकाटोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।
ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने बस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो । यो हाम्रो आस्थाको प्रतिक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह व्रतवन्धन, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । तिहारमा पनि ढाकाटोपीको प्रयोग गरिन्छ ।

गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टीका र शीरमा ढाकाटोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन् । तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले तिहार नजिकिदै जाँदा ढाकाको टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यापारीहरु बताउँछन् । यसपटक सबै क्षेत्रमा कोभिडको असर परेपनि ढाकाटोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाई छ ।
ढाकाटोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाकाटोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुष्ताले पनि ढाकाटोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको छ । चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागि हुँदा समेत ढाकाटोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाई छ ।
नयाँ पुस्ताले ढाकाटोपी लगाउने प्रचलन बढे पनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको छ । यसले भाइटीकामा ढाकाटोपीको प्रयोग गर्ने र भाइटीकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौति दिएको छ ।































प्रतिक्रिया