काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गतको समूह चरणको ३३औं खेलमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने भएका छन्। खेलमा टस जितेर नेपालका कप्तान राेहित पाैडेलले पहिले बलिङ गर्ने निर्णय लिएका छन्।
नेपालले बलिङ रोजेसँगै स्कटल्याण्डको टोली अहिले मैदानमा ब्याटिङका लागि उत्रिएको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।
नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो ।





























प्रतिक्रिया