काठमाडौँ
छिमेकी मुलुक भारतले नेपाल सहित छिमेकी मुलुकलाई सस्तोमा विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । भारतका विद्युत मन्त्री आरके सिंहले हालै यस्तो घोषणा गरेका हुन् । मन्त्री सिंहका अनुसार यसका लागि त्यहाँको राष्ट्रिय स्वामित्वको एनटीपी कम्पनीले नेपाल, म्यानमार लगायत देशमा दीर्घकालीन योजना अनुसार सस्तोमा विद्युत दिने योजना तयार गरिसकेको छ । यसैक्रममा चीनको दबाब रहेका बंगलादेशका केही क्षेत्रमा विद्युत बेच्न यसअघि नै रिलायन्स पावर र अदानी पावर लिमिटेडले सम्झौता गरिसकेका छन् ।
नेपाल, श्रीलंका, म्यानमार र बंगलादेश भारतका छिमेकी र सम्भाव्य विद्युत बेच्ने बजार हुन् । ‘छिमेकी देशहरूमा विद्युतको प्रति युनिट लागत महँगो छ,’ मन्त्री सिंहले भनेका छन्, ‘ती देशमा सस्तोमा विद्युत बेच्न सक्ने ठूलो अवसर छ । यसबाट पूरै दक्षिण एसियाले फाइदा लिन सक्छ ।’
विद्युतको सम्भावित बजार, विद्युत माग र आपूर्ति हुने अवस्था अध्ययन गर्न केही समय भित्रै मन्त्रीले एउटा टोली समेत परिचालन गर्ने घोषणा गरेका छन् । उनले राज्यको ठूलो विद्युत उत्पादक तथा बिक्रेता कम्पनी एनटीपीसीलाई अन्य देशमा पनि विद्युत गृह निर्माण गर्न निर्देशन समेत दिएका छन् । त्यसका लागि विद्युत गृह कहाँ राख्ने भन्नेबारे भने उनले केही खुलाएका छैनन् । अबको केहि वर्ष भित्रै वर्षायामका लागि पर्याप्त विद्युत नेपालमा नै उत्पादन हुने अवस्था देखिएको भए पनि सुख्खा यामका लागि भने अझै निकै वर्ष भारतकै भर पर्नुको विकल्प देखिएको छैन ।
राजधानीबाट































प्रतिक्रिया