काठमाडौँ
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा निरन्तर गिरावट आइरहे पनि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजनमा आलटाल गरेको छ । "/>

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्यो : निगम मुल्य घटाउन आलटाल गर्दै

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्यो : निगम मुल्य घटाउन आलटाल गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा निरन्तर गिरावट आइरहे पनि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजनमा आलटाल गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएपछि मूल्य समायोजनको नाममा उपभोक्ताबाट व्यापक असुली गर्दै आएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि मूल्य समायोजनमा आलटाल गर्न थालेको हो ।

पछिल्लो समय इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नेपालमा आयात हुने इन्धनको मूल्यमा गिरावट आएको छ । आईओसीले नेपाल आयल निगमलाई शुक्रबार पठाएको मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले पेट्रोल र डिजेलको मूल्य घटेर आएको स्वीकार गर्दै नेपाल आयल निगमले नेपालमा मूल्य नघटाउने स्पष्ट पारे ।

उनले पछिल्लो समय आईओसीबाट आएको मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्यमा गिरावट आए पनि निगमले मूल्य घटाउँदा निगम घाटामा जाने देखिएकोले मूल्य नघटाइएको प्रतिक्रिया दिए । यस अघि पनि नेपाल आयल निगम पाक्षिक १४ करोड रुपैयाँ भन्दा बढी घाटामा रहेको र फेरि पनि मूल्य घटाउँदा निगमको घाटा झन् बढ्ने भएकाले निगमले मूल्य नघटाएको प्रवक्ता गोइतको भनार्इ थियो । आईओसीले शुक्रबार मूल्य घटेको मूल्यसूची पठाएसँगै निगमको पाक्षिक घाटामा समेत कमी आएको उनको भनार्इ छ ।

प्रवक्ता गोइतका अनुसार पछिल्लो समय निगमको पाक्षिक घाटा ७ करोड १५ लाख रुपैयाँमा झरेको छ । ‘आइओसीबाट आएको मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य केही घटेर आएको छ’ प्रवक्ता गोइतले भने, ‘मूल्य घटेर आएसँगै निगमको घाटामा केही कमी आएको छ । तर मूल्य घटाउनको लागि सूत्रमा राख्दा निगमको घाटा झन् चुलिने देखिएकाले मूल्य घटाउन सकिएन ।’
राजधानीबाट

Skip This
Skip This
Logo