काठमाडौं
०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएकै दिन केपी ओलीले दुई वर्ष भित्र मुलुकभरका तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए । "/>

केपी ओलीको पहिलो संकल्प : साँढे दुई वर्ष बित्दा पनि हटेनन् तुइन !

केपी ओलीको पहिलो संकल्प : साँढे दुई वर्ष बित्दा पनि हटेनन् तुइन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएकै दिन केपी ओलीले दुई वर्ष भित्र मुलुकभरका तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए । नौ महिना सरकारको नेतृत्व गरेर बिदा भएका उनी बिहीबार पुनः प्रधानमन्त्री बन्दा केवल ७५ वटा मात्र तुइन विस्थापित भएका छन् । तुइन विस्थापित गरी झोलुंगे पुल बनाउने निकाय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले दुई वर्ष चार महिना बित्दा आधा तुइन पनि विस्थापित गर्न सकेन ।

विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठले तत्कालीन समयमा मुलुकभर १८७ तुइन पहिचान गरिएकोमा हाल सम्म ७५ वटा विस्थापित गरी ती ठाउँमा झोलुंगे पुल निर्माण गरेको जानकारी दिए । प्रक्रिया र बजेटमा अलमल र समस्या हुँदा तत्कालीन प्रधानमन्त्रीले गरेको पहिलो निर्णय अढाई वर्ष पुग्दा सम्म अन्योलमै छ । विभागले चालु आर्थिक वर्षको अन्त्य सम्ममा ५६ वटा तुइनलाई विस्थापित गरी तत्तत् स्थानमा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।

‘अबको पाँच महिना भित्र ५६ वटा तुइन विस्थापित गर्ने गरी झोलुंगे पुल निर्माण गरिरहेका छौं’, श्रेष्ठले भने, ‘५६ मध्ये तीन वटा लामा झोलुंगे पुल बनाउनु पर्ने भएकाले सम्भव छैन, बाँकीका हकमा बजेटमा समस्या नभए मात्र पूरा हुनेछन् ।’ विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनबाट ४१ झोलुंगे पुल बनिरहेका छन् भने बाँकी १८ वटा जिल्ला समन्वय समिति (यस अघि जिल्ला विकास समिति) बाट बनिरहेका हुन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo