काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ७० वर्षे इतिहासबाट देशले स्थायीत्व पाउन लागेको बताएका छन् । उनले आर्थिक विकास र समृद्धि निर्माणमा यसअधिका सरकारले भन्दा राम्रो काम वाम गठबन्धनको सरकारले गर्ने पनि बताए । "/>

प्याकेजमै सहमति, एक/ दुई दिन भित्रै पार्टी एकताको खाका : प्रचण्ड

प्याकेजमै सहमति, एक/ दुई दिन भित्रै पार्टी एकताको खाका : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ७० वर्षे इतिहासबाट देशले स्थायीत्व पाउन लागेको बताएका छन् । उनले आर्थिक विकास र समृद्धि निर्माणमा यसअधिका सरकारले भन्दा राम्रो काम वाम गठबन्धनको सरकारले गर्ने पनि बताए ।

शिक्षक संगठनको पाँचौँ सम्मेलनको उद्घाटनमा उनले पार्टी एकता र सरकार गठनका बारेमा एमालेसँगको छलफल सकारात्मक रहेको दाबी गरे । प्रचण्डले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताए । उनले एमाले–माओवादीबीच पार्टी एकता र सरकार गठनका विषयमा कहाँ अवरोध भएको हो भन्ने विषयबारे खुलाएनन् ।

प्रचण्डले एमालेसँग निरन्तर वार्तामै रहेको र राजनीतिक नियुक्तिसहित पार्टी एकता हुने पनि जानकारी दिए । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उप–सभामख, मन्त्रालय र विभिन्न राजनीतिक नियुक्तिका विषयमा प्याकेजमै सहमति कायम गरी एक,दुई दिन भित्रै पार्टी एकताबारेको खाका तयार हुने जानकारी दिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo