काठमाडौं
हामीलाई चुरोट सेवन सामान्य लाग्न सक्छ । वास्तै नगरि दैनिक कयौं संख्यामा चुरोप पिउने बानी परेकाहरु आफू त यसबाट लाग्ने रोगको शिकार भएकै छन् , थप अरुलाई पनि शिकार बनाएका छन् । "/>

एक खिल्ली चुरोटको करामत कति ?

एक खिल्ली चुरोटको करामत कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
हामीलाई चुरोट सेवन सामान्य लाग्न सक्छ । वास्तै नगरि दैनिक कयौं संख्यामा चुरोप पिउने बानी परेकाहरु आफू त यसबाट लाग्ने रोगको शिकार भएकै छन् , थप अरुलाई पनि शिकार बनाएका छन् । ब्रिटेनका वैज्ञानिकहरूले भनेका छन्, चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न सकिँदैन । त्यही भएर पूर्णरुपमा चुरोट सेवन रोक्न जरूरी छ ।अनुसन्धानकर्ताहरूका अनुसार दिनको २० खिल्ली चुरोट सेवन गर्ने मानिसले एक खिल्ली मात्र चुरोट पिउँदा समेत स्वास्थ्यमा उल्लेखनीय जोखिम रहने गर्छ ।

उनीहरूका अनुसार चुरोट सेवन पूर्ण रुपमा नगर्दा पुरूषको हकमा मुटुको रोग वा मस्तिष्कघातको जोखिम आधा हुन्छ भने महिलाको हकमा दुई तिहाइले कम हन्छ । उनीहरू भन्छन् – चुरोट सेवन रोक्दा फोक्सोको क्यान्सरको जोखिम पनि नाटकीय रूपमा कम हुन्छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उनीहरूका लेखका अनुसार एकदमै न्यून मात्रामा भए पनि सुर्तीको धुँवाले मुटु, फोक्सो र रक्तनलिका कामहरूलाई असर गर्न सक्छ । धूमपानका कारण १० मध्ये एकको मृत्यु दिनको एक खिल्ली मात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिस भन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

१४१ वटा अध्ययनको विश्लेषणले दिनको २० खिल्ली चुरोट पिउने बानी भएका १०० जना मध्यम उमेर भएका व्यक्ति मध्ये ७ जनालाई हृदयाघात वा पक्षघात हुन सक्ने देखाएको छ । यदि मात्रा घटाएर दिनको एउटा मात्र चुरोट सेवन गर्ने हो भने पनि ३ जनालाई हृदयाघात हुने उक्त अध्ययनले संकेत गरेको छ ।

उनीहरूका अनुसार पछिल्लो अध्ययनले धुमपानको सुरक्षित मात्रा नरहेको देखाएको छ । तर एक जना विज्ञले चाहिँ चुरोट सेवनको मात्रा घटाउँदै जाने मानिसहरूले पूर्ण रुपमा धुमपान त्याग्न सक्ने उल्लेख गरेका छन् । वैज्ञानिकहरूका अनुसार धुमपानका कारण हुने ४८ प्रतिशत अल्पायुको मृत्यु क्यान्सर नभइ मुटु सम्बन्धी रोगहरूका कारण हुने गर्छ । अनुसन्धानकर्ताहरूका अनुसार संयुक्त अधिराज्यमा चुरोट पिउने मानिसहरूको संख्या घटिरहेको छ तर दिनको एक खिल्ली देखि पाँच खिल्ली सम्म चुरोट सेवन गर्ने मानिसहरूको अनुपात द्रुत गतिमा बढिरहेको छ ।
बीबीसीबाट

Skip This
Skip This
Logo